रात्रि बस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग


काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले गए राति पृथ्वी राजमार्गको सिमलतालमा पहिरोमा परि दुईवटा रात्रि बस त्रिसुली नदीमा खसेको घटनामा दुःख व्यक्त गरेको छ ।

महासंघले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै गए राति दुई रात्रि बस दुर्घटना भएको प्रति दुःख व्यक्त गरेको हो । महासंघले दुर्घटनाबाट अपुरणीय क्षति भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उपचार गर्न सरकारसँग माग गरेको छ ।

महासंघले जोखिममा रहेका नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन र पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।