सानिमा बैंकले विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग गर्ने


काठमाडौँ । सानिमा बैंक लि र पाटन अस्पतालबिच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।

आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएकोे छ ।

सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको बैंकले जनाएको छ ।