रियलमीको जिटि सिक्स टि नेपाली बजारमा आउँदै


काठमाडौँ । रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स टि नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका अनुसार स्न्यापड्रयागन सेभेन प्लस जेन थ्री फ्ल्यागशिप चिपसेटले फोनको हरेक काम चुस्त बनाउँछ । यो अहिले सम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट हो । त्यस्तै ६००० निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरुलाई जीवन्त तुल्याउँछ । यो अहिलेसम्म बजारमा उपलब्ध स्मार्टफोन मध्य सबैभन्दा धेरै डिस्प्ले हो ।

साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामरा रहेको छ । यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्ने उल्लेख गरिएको छ । कम्पनीका अनुसार ५५०० एमएएचको ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ ।

रियलमी जिटि सिक्स टि नेपालभरका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा साउन ५ गते सम्म प्रिबुकिङका लागि उपलब्ध छ । साथै यो अवधिभर ग्राहकहरूले रियलमी जिटि सिक्स टिको खरिदमा ५ हजार ४९९ मूल्यको रियलमी बड्स टि ३०० प्राप्त गर्ने कम्पनीले जनाएको छ ।