एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने


काठमाडौँ । एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउने जनाइएको छ ।

कम्पनीका अनुसार वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन् ।

विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ति, आइएमई पेको प्लेटफर्महरुमार्फत लिन सक्नेछन् । यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकहरुले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत २ हजा ०९५ रुपैयाँ र वार्षिक सदस्यतामा ४२ प्रतिशत ४ हजार ९८९ रुपैयाँ छुट पनि पाउने छन् । ६ महिनाका लागि सेवा लिँदा ग्राहकले ३ हजा। ४९९ रुपैयाँ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा ५ हजार ९९९ रुपैयाँ मुल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाइने कम्पनीले जनाएको छ ।

सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क कर सहित ३ हजार ८९९ रुपैयाँ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क ६ हजार ९९९ रुपैयाँ रहेको छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि निशुल्क पाउने कम्पनीले जनाएको छ।
यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन् । ग्राहकहरुले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सकिन्छ । अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउँछन् ।

कम्पनीका अनुसार ग्राहकले पाउने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुन्छन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

सधैं अन योजना अन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकहरुलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरुसँग जोड्ने विश्वास एनसेलले लिएको छ । एनसेलले विगत ४ वर्षदेखि यो सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

Skip This