द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन


काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ९१ वर्षीय श्रेष्ठको उपचारको क्रममा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी श्रेष्ठ महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताइन् । फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन्।उनका दुई छोरी छन् । श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।

Skip This