रुपन्देहीकाे सिद्धार्थ डेरीले साइकल यात्रीलाई वितरण गर्‍यो मोही


काठमाडाैँ । रुपन्देहीको बुटवलमा भएको ‘बुटवल कोरा २०२४’ साइकल यात्रामा सहभागी करिब २०० जनालाई सिद्धार्थ डेरीले नि:शुल्क मोही वितरण गरेकाे छ । सिद्धार्थ डेरी उद्योगका संचालक एवं नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण (खिम) भट्टराईले नेपाल डेरी एसोसिएसनले सुरू गरेको मोही अभियानलाई निरन्तरता दिंदै नि:शुल्क मोही बितरण गरेका हुन् ।

नेपाल डेरी एसोसिएसनले सुरू गरेको मोही अभियान अत्यन्तै राम्रो कार्य भएकोले उक्त कार्यको समर्थन गर्दै साइकल यात्रीलाई मोही वितरण गरिएको निवर्तमान अध्यक्ष भट्टराईले बताए । केन्द्रले गरेकाे कार्यमा साथ दिइएकोमा निवर्तमान प्रदेश अध्यक्ष लगायत सम्पूर्णमा बिशेष आभारका साथ धन्यवाद व्यक्त गर्दै मोही अभियानले पुर्ण सफलता पाएको र सबै साथीहरू उत्तिकै साथ दिइएकोमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल खुशी व्यक्त गरे ।

आगामी दिनमा पनि यसरी नै यस्तै किसिमको साथ र सहयोग मिल्ने कुराको आफूले अपेक्षा गरेको केन्द्रिय महासचिव हेमचन्द्र खनालले बताए ।

लुम्बिनी प्रदेशमा दुध तथा दुग्ध पदार्थको उपभोग बढाउन समय समयमा हस्पिटल, स्कुल, आश्रम लगायतका विभिन्न स्थानमा एसोसिएसनका विशेष अवसरमा वितरण गरिने एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

Skip This