एक वर्षमा नेपाल भित्रिए २९ अर्ब मूल्यका ११ हजार विद्युतीय गाडी


काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढेको छ । चालु आर्थिक वर्ष २०८०\८१ मा सम्म ११ हजार ७ सय विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।

यी गाडीको आयात मूल्य २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ छ । यसबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

जसमा ५० किलोवाट सम्मका ४ हजार ५७१ वटा विद्युतीय गाडी आयात भएका छन् । त्यस्तै ५१ देखि १०० किलोवाटका ६ हजार ८८५ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका २१७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा विद्युतीय गाडी आयात भएकाे विभागकाकाे तथ्याङ्कले देखाएकाे छ ।

नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ ।

Skip This