जहाज दुर्घटनाबाट यात्रुहरूको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित


काठमाडाैँ । संसदीय समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभूवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेहरूको शिघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेहरुको सु–स्वास्थ्यको कामना समेत गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने,” आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ । मृतक परिवारमा समवेदना प्रकट गर्दछ । पाइलट लगायत उक्त घटनामा घाइते हुनेहरुको शिघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ ।”

बैठकमा बोल्दै सांसदहरूले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरूको उपचारको व्यक्त शिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

Skip This