आज मौद्रिक नीति सार्वजनिक हुने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । यसअघि अघिल्लो साता स्थगित भएको चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक हुने भएको हो।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आज बिहान ८ बजे सञ्चालन समितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा। युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति एक साता पछि सारिएको थियो ।

Skip This