जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाई सवारी साधनहरू खटाइएको छ । चालक विहिन सरसफाईका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
सरसफाई, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाई कर्मचारीहरूको लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ ।
चीनले सन् २०२२ देखि चालकबिहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर भने सरसफाईमा खटाएको हो । आगामी दिनमा शहरलाई व्यवस्थित र सफा राख्न सहयोग पु¥याउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्