काठमाडौं। आगामी नाडा अटो शोमा दुई नयाँ एडेभेन्चर मोटरसाइकल राखिने भएको छ । भदौं ११ गतदेखि सञ्चालन हुने नाडा अटो शोमा रोयल इनफिल्ड र सीएफमोटोले प्रिमियम एड्भेन्चर सेगमेन्टमा नयाँ मोटरसाइकल राख्ने भएका हुन् ।
शोमा रोयल इनफिल्डले हिमालयन ४५० र सीएफ मोटोले एमटी ४५० नेपाल ल्याउने छन् । दुबै कम्पनीले नेपाल ल्याउने मोटरसाइकल आगामी दशैं(तिहारमा बिक्री गर्ने जनाएका छन् भने दुबै मोटरसाइकलको मूल्य पनि १० लाख हारहारी पर्नेछ ।
रोयल इनफिल्डले हिमालयन ४५० नेपालमै एसेम्बल भएर आउने छ । सीएफ मोटोले भने तयारी मोटरसाइकल नै नेपाल ल्याउने भएको हो ।
प्रतिक्रिया दिनुहोस्