नेप्से ३५ अंकले बढ्दा १७ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै उपसमुहको सेयरमूल्य बढेको छ । मंगलबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

कम्पनीको ६० करोड १० लाख ८ हजार ७ सय ३० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेपसेमा ४ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता कारोबार हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँको कारोबार भएको छ ।