भोजपुरको इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता


काठमाडौं । गएराति आएको अविरल वर्षाका कारण बाढीले भोजपुरको इखुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार राति करिब १ बजेतिर खोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो । त्यसमध्ये दुइ जना सम्पर्कविहीन भएका हुन् ।

बाढीमा बगेर घाइते भएका २६ वर्षीय राम किसन थारूको उपचार भइरहेको प्रशासनले जनाएको छ ।