काठमाडाैँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन्।
बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनियताको शपथ ग्रहण गराउका हुन्।
डा. आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी हुन् । शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्