गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले ६ अर्ब रुपैयाँ नाफा कमायो


काठमाडौँ। गत आर्थिक बर्ष २०८०।८१ मा ग्लोबल आइएमई बैंकको नाफा १०.१३ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षमा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ६ अर्ब ६९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको छ भने जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १६.६५रुपैयाँ रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १६९.८१ रुपैयाँ रहँदा मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।