काठमाडौँ । सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रा.ली. लाई एकैपटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ ।
यातायात व्यवसायीहरूको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता, अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायात सँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति पनि रहेको थियो।
सी.जी. मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे अनुसार यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सी।जी। मोटर्स परिवार अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ।
उनका अनुसार बजारमा प्रचलित डिजेल भ्यानहरू सँग तुलना नै गर्ने हो भने, इलेक्ट्रिक माइक्रो भ्यानहरूले अत्यधिक खर्चहरू पूर्ण रूपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको छ। प्रति किलोमिटरको अपरेटिङ कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँ भन्दा पनि कम हुन आउँछ ।
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा छण्।द्दघ पध्ज को ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए।बी।एस।, ई।बी।डी।, १८० एम।एम। ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए।सि। जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २०५ बाट ८०५ चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ।
ग्राहकहरूको माग अनुसार पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ठाउँमा चार्जिङ सुविधा विस्तार गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्