काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
उनी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए।
श्रेष्ठको राजीनामापछि सरकारले खुल्ला प्रतिस्प्रधाबाट अध्यक्ष चयनका लागि आवेदन माग गरेको थियो ।
आवेदक ४७ जनामध्येबाट ४ जना छनोटमा परेका थिए । छनोटमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट रहेका थिए । चारजनाबाट भट्टलाई सरकारले अध्यक्ष नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्