विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाउँछौंः वनमन्त्री साही


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर साहीले विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाइने बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन तथा वातावरणमन्त्री साहीले बाँदरको आतंकले ग्रामिण क्षेत्रमा जनताहरु आक्रान्त भएर सुत्न समेत नपाउने अवस्था रहेको भन्दै विद्यमान रहेका ऐन कानूनलाई संशोधन गर्ने बताए।

उलने सरकार निरन्तर रुपमा वन र वन्यजन्तु ऐनलाई जनतामैत्री बनाउने पक्षमा रहेको उल्लेख गरे।

वनसँग सम्बधित सरकारी निकायहरु पनि विकास जनमैत्री हुनुपर्ने पक्षमा वर्तमान सरकार रहेको चर्चा गर्दै मन्त्री साहीले बाँदर लगायत अन्य वन्यजन्तुहरु नियन्त्रणका विषयमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानूनहरुलाई मध्यनजर गरेर यो समस्या समाधान गरिने प्रतिवद्धता व्यक्त गरे।

उनले बाँदर, बाघ लगायतलाई नियन्त्रण र क्षति न्युनिकरण समाधानका विकल्पहरुको खोजि भइरहेको जानकारी गराउँदै वन्यजन्तु नियन्त्रणमा वन्यजन्तुको अधिकार,धर्म संस्कृति जोडिएको भन्दै संविधान अन्तर्गत बनेका ऐन कानूनहरुलाई पनि मध्यनजर गर्दै सबै समस्याको समाधान गर्ने बताए।

मन्त्री साहिले भने, “बादरको आतंकले ग्रामिण क्षेत्रमा जनताहरु आक्रान्त भएर राति सुत्न समेत नपाउने अवस्था छ । त्यो गम्भिर समस्या आएको छ ।वन्यजन्तु ऐनमा सरकारले केही संशोधन गरेर विकास,जनमैत्री बनाउने विषयमा लागिरहेका छौं ।”

वन तथा वातावरण राज्यमन्त्री रुपा वि.कले वन्यजन्तुबाट हुने क्षति न्युनिकरणको लागि विभिन्न विकल्पहरु आएकाले सरकारले ती विकल्पहरुलाई आधार मानेर ऐन बनाउँदै कार्यविधि बनाउन आवश्यक रहेको बताउनु बताइन्।

उनले सरकारले वन्यजन्तु ऐन जनता र वन्यजन्तुको अधिकारलाई संरक्षण हुनेगरी बनाउनुपर्ने बताइन्। वन्यजन्त संरक्षण र नागरिकको दैनिकीसँग जोडिएर आएका समस्यालाई वन तथा वातावरण मन्त्रालयले समाधान गर्नेगरी नागरिकमा छाएको निरासा चिर्नेगरी काम गर्ने प्रतिवद्धता उनको छ।

—न्युज एजेन्सी नेपाल