पूर्वअर्थमन्त्री डा.महतले भने: मैले सेयर बजार बढ्न हुँदैन भनेको छैन


काठमाडाैँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन् । उनले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताए ।

उनले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरूसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताए । उनले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताए ।

महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गरे । उनले शेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उल्लेख गरे ।