प्रशोधित पानी उत्पादन गर्ने उद्योगीसँग विभागले माग्यो लगत विवरण


काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पानी बाहेक अन्य पानी उत्पादन गर्ने उद्योगीलाई सो को लगत विवरण विभागमा बुझाउन आग्रह गरेको छ।

विभागले आज एक सूचना जारी गर्दै सात दिनभित्र उत्पादन लागत विवरण विभागमा बुझाउन आग्रह गरेको हो।

“पानी उद्योगीहरूले प्रशोधित पानी उत्पादन, संकलन गरी बिक्री वितरण गरिरहेको सन्दर्भमा प्रशोधित पानीको अलावा अन्य किसिमको पानी उत्पादन गरी बिक्री वितरण गरिरहेको भए सो को उत्पादन लागतको विशेष चार्ट विभागमा बुझाउन अुनरोध गरिन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ।

Skip This