राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गरौँः सांसद शेर्पा


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै प्रश्न उठ्ने गरेको बताएका हुन् । उनले सरकारबाट गल्ती कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

उनले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा भत्ताहरुमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको बताए । उनले राष्ट्रिय परिचय पत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताए ।