आर्थिक सूचकहरू परिवर्तन हुँदा निजी क्षेत्रको आत्मविश्वास बढेको छ: अध्यक्ष कार्की


काठमाडौँ । इप्पानका अध्यक्ष गणेश कार्कीले आर्थिक सूचकहरू परिवर्तन हुँदा निजी क्षेत्रको आत्मविश्वास बढेको बताएका छन् । आज जलविद्युतमा लगानीको अवस्था बारे एक दिने गोष्ठीमा उनले नयाँ सरकार गठन भएपछि आर्थिक सूचकहरू परिवर्तन हुँदा उर्जा क्षेत्र थप उत्साहित भएको बताएका हुन् ।

उनले उर्जा क्षेत्रले देशको अर्थतन्त्रलाई बलियो र चलायमान बनाउनेमा दुईमत नरहेको दाबी गरे । कार्कीले उर्जा क्षेत्रमा लगानीको प्राप्तमात्रामा पुँजीको अभाव रहेको बताउँदै यसको लागि सरकारले आवश्यक पहल गर्न अनुरोध गरेका छन् ।

उनले भने, “लामो समयमा बैंकमा पैसा थुप्रिएको अवस्थामा पनि पैसा नपाएको अवस्था छ ।”

उनले केही समय अघि पूर्वप्रधानमन्त्रीले भारतसँग विद्युत निर्यात गर्ने सम्झौताले उर्जा क्षेत्र थप हौसला प्रदान गरेको बताए ।

“लामो समयदेखि हामी निराश थियौ तर गत वर्ष पूर्वप्रधानमन्त्रीले भारतलाई विजुली बेच्नेले उत्साहित भएका छौ । नेपाल सरकारले २८ हजार मेगावाट विजुली २०३५ सालसम्म उत्पादन गर्ने योजनाले हामीमा उर्जा आएको छ,” उनले भने।