अटाेमाेवाइल बजारकाे कुम्भ मेला भृकुटीमण्डपमा सुरू, २० अर्बकाे काराेबार हुने लक्ष्य


काठमाडौँ । आजदेखि १६ औँ संस्करणको ‘नाडा अटो शो २०२४’ भृकुटीमण्डपमा सुरू भएको छ । आज (मंगलबार) देखि भदौ १६ सम्म सञ्चालन हुने नाडा अटो शो काे उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहनेछ ।

मेलामा ९५ प्रदर्शकहरू सहभागीहरुले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले छ दिनको अवधिमा करिब ७५ हजार मानिसले अवलोकन गर्ने नाडाले अपेक्षा गरेको छ । मेलामा ७ ओटा बैंक तथा वित्तीय संस्था समेत सहभागी हुदैँ छन् ।