स्टार माइक्रो इन्स्योरेन्सले आइपिओ जारी गर्ने, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

साधारण शेयरहरु प्रति शेयर मूल्य १०० रुपैयाँको दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

२०८१ भाद्र ९ मा भएको उक्त सम्झौतामा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।