हिमालय उर्जाको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौं १२ गतेसम्म ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीले उक्त हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।