काठमाडौँ । नाडा अटो शो २०२४ को आज अन्तिम दिन । गत मंगलबारदेखि (भदौँ १६ गते) आज सम्म सञ्चालन हुने नाडा अटो शोमा सवारी साधन पारखीहरूको भीडले राजधानीकाे भृकुटीमण्डप ढाकेकाे छ। यसले मेलाको रौनक बेग्लै खालको बनाएको छ । यसपटक नाडा अटाे शाेमा विद्युतीय सवारीले धेरै उपभोक्तालाई आकर्षित गरिरहेको छ ।
सरकारले न्यून प्रदूषण गर्ने विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने मूल नीति लिएअनुरुप विद्युतीय कारमा पेट्रोलियम कारको तुलनामा कर सहुलियत दिएकाले विद्युतीय सवारीको बिक्री उल्लेख्य बढेको छ। त्योसँगै उपभोक्ता आकर्षित गर्ने इभीमध्येको एमजीका विद्युतीय सवारी पनि एक हुन् । उक्त गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स हो ।
यस पटकको अटो शोमा एमजीको विद्युतीय स्पोर्टस कार साइबरस्टार प्रदर्शनीमा राखिएको थियो। मेलामा एमजी मोटर्सले नेपालमा आफ्नो नयाँ विद्युतीय एसयुभी साइबरस्टर सार्वजनिक गरेको थियो । जसले अवलोकनकर्ताको ध्यान खिचेको थियो तर दाेस्राे दिनमा नै एमजी साइबरस्टर मेलाबाट नै सोल्ड आउट भएको छ ।
दुई युनिट मात्र उपलब्ध भएको उक्त स्पोर्ट्स कार सोल्ड आउट भएसँगै अटो शोबाट समेत हटाइएको थियाे। एमजी साइबरस्टरको आकर्षक डिजाइन र उच्च प्रविधिको संयोजनले गर्दा मेलाबाट सोल्ड आउट भएको हो । नाडा अटो शोमा यो गाडीलाई अवलोकन गर्न नसकिने भए पनि, गाडीप्रेमीहरूले यसको बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
साइबरस्टरमा २५० किलोवाटको मोटर रहेको छ। ७७ किलोवाटको ब्याट्री राखिएको यो गाडीले पाँच सय किलोमिटरको ड्राइभिङ रेन्ज दिने एमजीको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ।
यो गाडीको नेपाली बजार मूल्य एक करोड ६८ लाख रूपैयाँ तोकिएको छ। इन्फोटेन्मेन्ट सिस्टमदेखि एड्भान्सड ड्राइभिङ असिस्ट सिस्टम (एडिएएस) सम्मका आधुनिक सुविधा यसमा उपलब्ध गराइको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो गाडी एक महिनाभित्र डेलिभरी गराइदिने उल्लेख गरिएको छ। एमजीका अन्य केही गाडीमा छुट दिए पनि यो गाडीमा छुट सुविधा नराखिएको कम्पनीले जनाएको छ। अत्याधुनिक सुविधाका कारण यो गाडीले ग्राहकहरूको ध्यान खिचेको थियो ।
यसका साथै एमजीले विद्युतीय सवारी जेडएस ईभी र एमजी फोर ईभी अटो शोमा राखेकाे छ। एमजी जेडएस ईभी नेपाली बजारमा पूर्णरूपमा सफल भएको विद्युतीय कार हो।
उसो त एमजी फोर ईभीले २०२४ को उत्कृष्ट कारको उपाधि पाउन सफल भएको थियो । न्युजिल्याण्डको सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक पुरस्कार वितरण समारोहमा निर्णायक मण्डलले एमजी फोर ईभीलाई उत्कृष्ट कारको सम्मान दिएको थियो ।
गत वर्ष नेपाली बजारमा प्रवेश गरेको पूर्ण विद्युतीय प्लेटफर्ममा निर्मित कार एमजी फोर ईभी सहज यात्रा तथा किफायती मूल्यको लागि चिनिएको छ । सन् २०२२ मा बजारमा आएको एमजी फोर ईभीले ‘बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इअर २०२३’, ‘ बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द इयर’ जस्ता विभिन्न उपाधि हासिल गरेको छ ।
ग्राहक लोभ्याउँदै,विजनेश बढाउँदै
एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाडा अटो शो र दशैंलाई लक्षित गर्दै एसयुभी जेडएस इभीमा ६ लाख रुपैयाँको नयाँ अफर ल्याएको छ ।
कम्पनीले नाडा अटो शो र दशैंलाई लक्षित गरी ६ लाख रुपैयाको छुट अफर ल्याएको हो । योसँगै ५२ लाख ९९ हजारमा विक्री हुँदै आएको कार अब ४६ लाख ९९ हजार रुपैयाँमा पाइने छ ।
यस मूल्यमा ग्राहकहरुले एमजी जेडएस इभीका उन्नत सुविधाहरू र राम्रो प्रदर्शनको अनुभव गर्न सक्ने प्रबन्ध निर्देशक सचिन अर्यालले जानकारी दिए। एमजी जेडएस इभीमा सुरक्षा र सुविधा लागि धेरै अब्बल सुविधाहरू रहेको र यसमा छ वटा एयरब्याग्स, हिल लन्च असिस्ट, फन्ट कॉलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम, एडास लेभल २,र वायरलेस चार्जिङ समावेश गरिएको कम्पनीले जनाएको छ । विशेष अफर २७ अगस्त देखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्