८२ हजारभन्दा बढीले अवलाेकन गरेकाे नाडा अटाे शाेमा,कुन कम्पनीको बुकिङ कति ?


काठमाडौँ । गत भाद्र ११ देखि सुरू भएको नाडा अटो शो २०२४ हिजो (आइतबार) सम्पन्र भएको छ । १६ औं संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरूले अवलोकन गरेको नाडाले आधिकारिक रूपमा जानकारी प्रदान गरेको छ ।

नाडा अटो शोमा सबैभन्दा बढी रेन्ज दिने विद्युतीय कार स्काइवेलका विभिन्न मोडल सार्वजनिक गरेको जी मोटर्सले १२६ युनिट गाडी बुकिङ भएको जानकारी सार्वजनिक गरेको छ ।

अटो शो पश्चात सवारी साधन बिक्री तथा बुकिङमा कम्पनीहरूको आ–आफ्नै दाबी छन् । बीवाईडीको ७१२, महिन्द्राको ६०, स्काईवेलको १३०, नामीको ७१७, सेरेस २११, जेको २२३, ओमोडा १३०, लिप मोटर सी १७६, एमजीको एक सय बढी गाडी बुकिङ भएको दाबी गरिएको छ ।

यसैगरी, बीएडब्लु १२७, दिपल १२६, केई ४०, हुन्डाई १५०, सुजुकी १८४, सिट्रोट ३५, सीजी मोटर्सको नेटा ४०, रिडरा ४३, आयन ३०, एक्सपेङ ५७ , अवतार १० बुकिङ भएको दाबी गरिएको छ। सिप्रदी ट्रेडिङले टाटाका पञ्च मात्र ४७५ वटा र टियागो १६९ गरी कूल ६४४ युनिट गाडी बुकिङ भएको जनाएको छ।

त्यस्तै दुईपाङ्ग्रे कम्पनीहरूकाे एनआईयू ४०, एथर ३५, हिरो ६०, ट्राइम्फ २००, रोयल इन्फिल्ड ७०, जिहो ३६, सीएफमोटो ५१, सुजुकी १० र बजाज ५० वटा बुकिङ भएका छन्। समग्रमा चार हजार बढी सवारीको बुकिङ हुँदा १५ अर्ब रुपैयाँमाथिको कारोबार भएको देखिन्छ ।