साउनमा लघु निर्जीवन बिमा कम्पनीको व्यापार ५ करोड माथि, कसको कति ?


काठमाडौँ । लघु निर्जीवन बिमकले चालु आर्थिक वर्ष २०८१\०८२ को पहिलो महिना साउनमा ५ करोड १६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांकअनुसार चार वटा लघु निर्जीवन बिमकले साउनमा २० हजार २४३ बिमालेख जारी गर्दै ५ करोड १६ लाख ११ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

चार लघु निर्जीवन बिमकमध्ये नेपाल माइक्राले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले ५ हजार ७८१ वटा बिमालेख जारी गर्दै १ करोड ३८ लाख ६४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

यसैगरी प्रोटेक्टिभ माइक्राेले ४ हजार ६३९ वटा बिमालेख जारी गर्दै १ करोड ३६ लाख ३३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन्।

ट्रस्ट माइक्रोले ४ हजार ३६१ बिमालेख जारी गर्दै १ करोड २२ लाख ८७ हजार रुपैयाँ र स्टार माइक्रोले ५ हजार ४६२ वटा बीमालेख जारी गर्दै १ करोड १८ लाख २७ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।