सेयरबजारको सुधारका लागि अर्थमन्त्री पौडेललाई सांसद र लगानीकर्ताले गराए ध्यानाकर्षण


काठमाडौं । सेयर बजार सुधारका लागि सांसद र लगानीकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ध्यानाकर्षण गराएका छन् । सोमबार सांसद हरि ढकाल सहितको टोलीले अर्थमन्त्री पौडेललाई भेटेर सेयरबजार सम्बन्धी ७ बुँदै सुझाव पत्र बुझाएका हुन् ।

उनीहरुले अवैज्ञानिक तरिकाले गणना गरेको बजार पूँजीकरणले बजारमा गतल संदेश दिएकाले तथ्य परक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरी समायोजन गर्नुपर्ने अर्थमन्त्री पौडेलसँग माग गरेका छन्।

‘लगानीकर्ताले अर्थमन्त्री पौडेललाई बुझाएको सुझावमा बजार पूँजीकरण गणना गर्दा प्रत्येक सूचीकृत कम्पनीका सेयर समूह९सर्वसाधारण र संस्थापक० अन्तर्गत पर्ने सेयरहरु निक्र्यौल गरी साधारण सेयर सरह कारोबार हुने कित्ताको मूल्य नेप्सेमा कारोबार भएको मूल्यको आधारमा, संस्थापक सेयरको लकइन अवधि समाप्त भएको तर संस्थापक समूहमा नै रहेर कारोबार हुने कित्ताको संस्थापक सेयरको अन्तिम कारोबार मूल्यको आधारमा र संस्थापक सेयरको लकईन अवधि समाप्त नभएको सेयरहरुको हकमा वैज्ञानिक तरिकाले त्यस्ता सेयरको मूल्य निर्धारण गरी प्रत्येक सूचीकृत कम्पनीको बजार पूँजीकरण निकाली कुल सूचीकृत कम्पनीको योगफलबाट बजार पूँजीकरणको गणना गर्नुपर्ने ।’ उल्लेख गरिएको छ ।

त्यस्तै,बैंक वित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचीकृत कम्पनीमा लगानी (खरिद बिक्री) गर्न दिनुपर्ने सुझाव दिइएको छ।

सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झानुपर्ने माग गरिएको छ भने धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने भनिएको छ।

खराब वित्तीय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद निश्कासन रोक्नु पर्ने, धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु ९स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैंकरहरु० को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने र धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवाच्छित गतिबिधि रोक्न नियमन बढाउन उनिहरुले माग गरेका छन् ।

अर्थमन्त्री पौडेलले लगानीकर्ताका सुझावहरु कार्यान्वयनयोग्य रहेको बताउँदै बजारको दिगो विकास र बिस्तार तथा लगानीकर्ताको मनोबल सकारात्मक बनाउनका लागि आवश्यक नीतिगत व्यवस्था तथा संसोधनका लागि आफू तयार रहेको बताए ।

भेटघाटमा रास्वपा सांसद ढकाल, ब्रोकर संचालक प्रियराज रेग्मी, दुर्गा तिवारी, मर्चेन्ट क्यापिटलका सचिन सिलवाका साथै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र गोपाल स्वामी सहभागी थिए ।