काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा समिति सभापति सूर्यबहादुर थापाले संसदीय समितिको म्याद थपका लागि प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले म्याद थपको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका हुन् ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भनिएका ५० जनासँग समितिले सोधपुछ गरेको सभापति थापाले बताए । बचतकर्ताको बचत सुरक्षा हेतुले प्राप्त प्रमाणको पुष्टी र पुर्नपुष्टी गर्नुपर्ने भएकाले १५ दिन समय आवश्यक भएको सभापति थापाले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्