यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू(सूचीसहित)


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन्। हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, यूएन तथा अन्तर्राष्ट्रिय संस्थाहरुको महाशाखा प्रमुख अमृतकुमार राई, निजी चिकित्सक रहेका छन्।

असोज ५ गते अमेरिका गएर असोज १५ गते स्वदेश फर्कने कार्यक्रम छ। महासभा भदौ २५ देखि असोज १२ सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०८१र८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानीका साथै प्रविधि तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई ६० करोड ऋण लगानी गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले विम्स्टेक कृषि मन्त्रिस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक चैत १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको छ भने भाद्र ३१ मा काठमाडौँमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौं बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने बिषयसूची स्वीकृत गरी वार्ता टोली गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्ता छन् निर्णयहरूः