तीजको अवसरमा राता कुर्ता-सुरुवालमा सजिए विदेशी महिलाहरू (फोटो फिचर)


काठमाडौँ । आज हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज देशभरका शिवालयहरूमा व्रत बस्ने महिलाहरूको भीड लाग्ने गर्दछ ।

आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरूको भीड छ । अविवाहित महिलाले राम्रो श्रीमान पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ । आज स्वदेशी मात्र नभइ विदेशी महिलाहरू पनि रमाएका छन् । पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार विदेशी महिलाहरू तीज गीतमा रमाएका छन् ।

राता कुर्ता-सुरुवालमा सजिएका उनीहरू तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरूलाई साथ दिए । उनीहररू पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।

फाेटाेः न्युज एजेन्सी नेपाल