‘टेक्नो स्पार्क गो वान´ सुरुवाती मुल्य रू. ११ हजार ९९० बाट अब नेपाली बजारमा


काठमाडाैँ । स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान सार्वजनिक भएको छ। यसकाे मूल्य ११ हजार ९९० रूपैयाँ रहेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ।

जुनसुकै अवस्थामा निरन्तर  स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ-फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि डिटिएस सहितको डुअल स्टेरियो स्पिकरहरू रहेकाे कम्पनीले जनाएकाे छ ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भने, “फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं। यो एउटा यस्तो स्मार्टफोन हो जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ । स्पार्क गो वान यो भन्दा अघि जान तयार रहेको छ। आजका प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो।”

टेक्नो स्पार्क गो वानले ८ जीबी र १२८ जीबी सम्मको लागि रू. ११ हजार ९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ। यो सेप्टेम्बर १६ मा नेपालका  स्टोरहरूमा आउने छ र नेपालभर अफलाइन र अनलाइन दुवैमा उपलब्ध हुनेछ। टेक्नो स्पार्क गो वान तीन वटा भेरीएन्टहरूमा उपलब्ध छ जसका स्टोरेज र मुल्यहरू नीम्न प्रकारका छन :

साथै १०० दिनसम्मको  रिपेल्स्मेन्ट ग्यारेन्टी र १२+१ महिनाको वारेन्टी पनि उपलब्ध छ।