रवि लामिछानेले क्लिन चिट पाउनुभएको छः उपसभापति वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको बताएका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगीको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताए ।

उनले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको उल्लेख गरे । लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको उनकाे भनाइ छ ।

उनले छानविन समितिले देशलाई भलोहुने काम गरेको बताए । उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडी लैजाने उल्लेख गरे ।