काठमाडाैँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् ।
सोमवार कर्मचारी सञ्चय कोषको ६३ औं वार्षित्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरे ।
उनले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिए । कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समिक्षा गर्न जरुरी भएको उनले औंल्याए ।
उनले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए ।
सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न उनले आग्रह गरेका छन् । उनले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ ? भन्ने कुरालाई सुक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिए । कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसावले काम गर्नु जरुरी देखिएको उनले उल्लेख गरे ।
उनले सञ्चयकर्ताहरुले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उहाँले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सुक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्