माईपेको दशैं मेला, कारोबार गर्दा स्कुटर देखि आईफोनसम्म जित्न सकिने


काठमाडौँ । डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेलाः चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ ।

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन् । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्ने जनाइएको छ ।

त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयरबड्स, स्मार्टवाच, एनलग वाच, चाँदीको औंठी र रु १०,००० रुपैयाँ बराबरको श्रृङ्गारका सामान र गिफ्ट भौचर, छुट भौचरहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको छुट र क्यासब्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००% नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।