भन्सार छली गरी ल्याएको मोटरसाइकल सहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडाैँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजुबाट गत सोमबार भन्सार छली ल्याएको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शंकास्पद रूपमा चलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको ट्राफिक प्रहरीले मधेश प्रदेश -०२-००६ प ४६३१ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा महोत्तरी घर भइ काठमाडौँको किर्तिपुर बस्ने २४ वर्षीय पुरुषोत्तम यादवलाई गत सोमबार अपरान्ह साढे ४ बजे नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा यातायात ब्यवस्था कार्यालयमा मोटरसाईकलको अभिलेख फरक भएको पाईएको तथा सम्बन्धित कम्पनीमा बुझ्दा समेत उक्त मोटरसाईकल नेपालमा बिक्री वितरण नभएको बुझिन आएकोले थप अनुसन्धान तथा कारबाहीको लागि आज (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।