इजरायल–हिजबुल्लाह द्वन्द्व बढ्दै, क्षेत्रीय युद्धको त्रास


काठमाडौं । इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व झनै तिब्र भएको छ । दुवै पक्षले घातक आक्रमणहरू गरेका छन् । जसले क्षेत्रीय युद्धको त्रास फैलिएको छ ।

हिजबुल्लाह नेता हसन नसरल्लाहले लेबनानभर सञ्चार उपकरणहरूलाई लक्षित गरी हालैका विस्फोटहरूको निन्दा गरेका छन् । गाजा र वेस्ट बैंकका जनतामाथि आक्रमण र युद्ध रोक्ने एउटै उपाय इजरायलले युद्ध त्याग्नुपर्ने बताए ।

नसरल्लाहको भाषणपछि इजरायली रक्षा मन्त्री योभ गलान्टले तेल अवीवको किरिया सैन्य आधारबाट लेबनानमा इजरायलको सैन्य कारबाही जारी रहने बताएका छन्।