देश आर्थिक रूपले संकटमा जाने अवस्थामा छः डा. प्रकाशचन्द्र लोहनी


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रूपले संकटमा जाने अवस्थामा रहेको बताएका छन् ।

मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका हुन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे ।

उनले ठूला राजनीतिक दलहरूले देशलाई माग्नेको स्थितिमा पु¥याएका बताए । उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताए । उनले नेताहर भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए ।

पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने बताए ।उनले राजसंस्थालाई सक्रिय रूपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रूपमा राख्नु उपयुक्त हुने बताए ।