सरकारले असोज १२ गतेदेखि दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने


काठमाडौँ । सरकारले दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट असोज १२ गतेदेखि खुला गर्ने निर्णय गरेको छ।

मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सरोकारवाला निकायहरूसँग भएको छलफलपछि यो निर्णय गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसबारे जानकारी दिएका छन्।

दशैंको समयमा करिब २० लाख यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडकहरू मर्मत गरी यातायातलाई सहज बनाउन निर्देशन दिएका छन्।