प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच मंगलबार भेटवार्ता भएको हो ।

उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी दिएको छ। भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।