भोलि र पर्सि पहाडी तथा हिमाली जिल्लाहरूमा रात्रीकालीन बस नचलाउन आग्रह


काठमाडौँ । असोज ११ (भोलि) र १२ (पर्सि) गते देशका पहाडी तथा हिमाली जिल्लाहरूमा रात्रीकालीन बस सेवा स्थगित हुने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी मनसुनको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन यस्तो निर्णय गरेको हो।

त्यस्तै प्राधिकरणले किसनाहरूलाई पनि केही दिन धान नकाट्न आग्रह गरेकाे छ। यदि धान काटिसकेको भए सुरक्षित स्थानमा थन्काउनसमेत प्राधिकरणले आग्रह गरेको हाे । जुनसुकै बेला जाेखिम निम्तिसक्ने भन्दै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ।