भारी वर्षाका कारण आन्तरिक उडान प्रभावित


काठमाडौँ । शुक्रबार बिहानैदेखि भारी वर्षा भएका कारण भिजिविलिटी कम हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् ।

काठमाडौँदेखि सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन्।

खराव मौसम तथा कम भिजिविलिटीका कारण शुक्रबारका उडानहरु प्रभावित भएको बुद्ध एअरले जानकारी दिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार बुद्ध एयरका उडानहरु बिहानैदेखि प्रभावित भएका छन्।