विश्व पर्यटन दिवसमा बुद्ध एयर सम्मानित


काठमाडौँ । ४५ औं विश्व पर्यटन दिवसको अवसरमा बुद्ध एयर सम्मानित भएको छ । पर्यटन प्रवर्द्धनमा अग्रभूमिकामा रहँदै आएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्मानित भएको हो ।

बुद्ध एयरले दैनिक सयौं उडानमार्फत् हजारौं स्वदेशी र विदेशी पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने कार्यमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। यसले नेपालको पर्यटन क्षेत्रकाे विकासमा सकारात्मक प्रभाव पुर्याएको छ।