इमेज सहकारी ठगी प्रकरणमा फरार मेयर नेपाली दिल्ली विमानस्थलमा पक्राउ


काठमाडौँ । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका छन्।

इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरूविरुद्ध अदालतले गत जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।