टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने


काठमाडाैँ । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढी पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरूमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।

यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो । यस सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

चाडपर्वको अवसरमा टाटाका ग्राहकहरूलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि यस बिशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस बिभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी गराए ।