काठमाडाैँ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, र डुवानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
महासंघले बाढीपहिरोका कारण सयौं मानिसको ज्यान गएको, धेरै जना बेपत्ता भएको, र निजी तथा सार्वजनिक सम्पत्तिमा अर्बाैकाे क्षति भएको भन्दै प्राकृतिक विपत्तिले पुर्याएको अकल्पनीय क्षतिबारे दुःख प्रकट गरेको हाे ।
महासंघका अनुसार उपत्यकाका विभिन्न स्थानका फलफूल तथा तरकारी बजारहरू, जस्तै केन्द्रीय फलफूल थोक बजार, बल्खु, टुकुचा, बालाजु, चाबहिल, धुम्बाराही, र जडीबुटीमा रहेका बजारहरू डुवानमा परी व्यवसायीहरूले ठूलो क्षति व्यहोरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित, महासंघले सम्पूर्ण व्यवसायीहरूलाई आफ्नो व्यवसायलाई पुनः सुचारु गर्न र बजारहरूको सफाइमा जुट्न अपिल गरेको छ।
महासंघले विषम परिस्थितिमा पनि उपभोक्ताहरूलाई सहज, सरल, र उचित मूल्यमा फलफूल तथा तरकारी उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्