बुधबार नेप्से परिसूचकमा २६ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये फाइनान्स उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ७१ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ९ सय ८१ रुपैयाँको कारोबार भएको छ ।