सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार पनि सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको थियो । यसअघि असोज ११ गते छापावाला सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।