मितेरी डेभलपमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश प्रस्ताव


काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिन बाँकी छ । स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गर्नुपर्ने । त्यसपछि सेयरधनीले लाभांश पाउनेछन् ।

हाल कायम चुक्ता पुँजी १ अर्ब ३१ करोड ९१ लाख रुपैयाँका आधारमा लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ । प्रस्तावअनुसार बोनस सेयरको मूल्य ६ करोड ५९ लाख ५५ हजार रुपैयाँ र नगद लाभांशको रकम ७ करोड ९१ लाख ४६ हजार रुपैयाँ छ ।